काठमाडौँ । बलिउड अभिनेत्री र चर्चित डान्सर नोरा फतेही शनिबार दिउँसो एक भीषण कार दुर्घटनामा परेकी छन्। दुर्घटनामा उनको टाउकोमा चोट लागेको भएपनि, उनले साँझको समयमा कन्सर्टमा आफ्नो प्रस्तुति दिएको जानकारी प्राप्त भएको छ।
नोरा ‘सनबर्न फेस्टिभल’मा डेभिड गुएटाको कन्सर्टमा सहभागी हुन जाँदै गर्दा तीव्र गतिमा कार चलाइरहेको एक मदिरा पिउनु भएका चालकले उनको कारलाई ठक्कर दिएका थिए। उक्त दुर्घटनामा नोरा मात्र होइन, अन्य केही व्यक्तिहरू पनि घाइते भएका छन्।
नोरा फतेहीले एक भिडियो जारी गर्दै उक्त दुर्घटना दिउँसो ३ बजे भएको जानकारी दिएकी थिइन्। दुर्घटनापछि उनलाई तुरुन्तै अस्पतालमा लगिएको थियो, जहाँ उनकाे सिटी स्क्यान गर्दा गम्भीर आन्तरिक चोट देखिएको थिएन। चिकित्सकको सल्लाह र अनुमतिपछि नोरा साँझमा कन्सर्टमा उपस्थित भइ प्रस्तुति दिएकी थिइन्।



















