मंगलबार, बैशाख ०८, २०८३
सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार: मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्।

आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा उनले सरकार अनलाइन टिभी मिडियासँग नीतिगत सुधारमार्फत सहकार्य गर्ने स्पष्ट पारे ।

मन्त्री खरेलले अनलाइन टिभी मिडियालाई नयाँ मुख्यधारा मिडिया (न्यु मेन स्ट्रिम मिडिया) को रूपमा परिभाषित गर्दै भने, “यसले देश र जनताको हितमा ठूलो योगदान पुर्‍याएको छ ।” उनले सरकारद्वारा अनलाइन टिभी मिडियालाई दर्ता प्रक्रियामा सहजीकरण, लोककल्याणकारी विज्ञापन, नविकरणमा सहजता, तालिम र पुरस्कार जस्ता व्यवस्थाहरू प्रदान गरिने जानकारी पनि दिएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय