काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी–२० विश्वकपका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले पुस ७ गतेदेखि सुरु हुने क्याम्पका लागि नाम सार्वजनिक गरेको हो।
टोलीमा नेपाल प्रिमियर लिग सिजन-२ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, अभिनास बोहरा, शाहव आलम जस्ता खेलाडीले स्थान पाएका छन्।
प्रारम्भिक टोलीमा रहेका २४ खेलाडीहरू: रोहित पौडेल, सन्दीप जोरा, नन्दन यादव, आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आदिल अन्सारी, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी, ईशान पाण्डे, बसिर अहमद, प्रतिश जि.सी र रुपेश कुमार सिंह।
क्यानले केही दिनको क्याम्पपछि १५ सदस्यीय विश्वकप टोली घोषणा गर्नेछ। टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुनेछ, र नेपाल तेस्रो पटक टी–२० विश्वकप खेल्नेछ।



















