आइतबार, आषाढ ०७, २०८३
विद्युत् प्राधिकरणको निर्णय: २० अर्ब रुपैयाँको ऊर्जा बण्ड निष्कासन गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ।

आइतबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद् बाट स्वीकृत प्राप्त ऊर्जा बण्ड जारी गर्ने निर्णय गरेको हो।

असोज २३ गतेको मन्त्रिपरिषद् बैठकले जलविद्युत् आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको थियो। प्राधिकरणका स्रोतका अनुसार, यस रकमलाई ठुला जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले बण्ड निष्कासन गर्ने निर्णय गरिएको हो।

मन्त्रिपरिषद्ले ऊर्जा बण्डको स्वीकृतिमा पुँजीगत खर्चका लागि उठाइने रकम प्रयोग गर्नुपर्ने स्पष्ट सर्त पनि तोकेको थियो। सोही सर्तअनुसार प्राधिकरणले उक्त निर्णय कार्यान्वयन गर्ने तयारी गरेको छ, यद्यपि, निर्णयमा हस्ताक्षर नहुँदा कार्यान्वयन प्रक्रियामा अझै केही समय लाग्ने छ।

ऊर्जा बण्डमार्फत उठाइने २० अर्ब रुपैयाँमध्ये, ८ अर्ब रुपैयाँ माथिल्लो अरुण जलविद्युत् आयोजना (१०६३ मेगावाट), ५ अर्ब रुपैयाँ चैनपुर सेती जलविद्युत् आयोजना (२१० मेगावाट), ५ अर्ब रुपैयाँ तामाकोसी पाँचौँ जलविद्युत् आयोजना (९४.८ मेगावाट), र २ अर्ब रुपैयाँ माथिल्लो मोदी ‘ए’ (४२ मेगावाट) जलविद्युत् आयोजनामा खर्च गर्न योजना बनाइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय