काठमाडौं । आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य ५,५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



















