सोमबार, बैशाख ०७, २०८३
नेप्से परिसूचक १.०२ अंकले वृद्धि, सेयर बजारमा सुधारको संकेत

काठमाडौं । सेयर बजारको मापक नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ।

मंगलबार नेप्से १.०२ अंकले बढेको छ। सोमबारको तुलनामा मंगलबार ०.०३ प्रतिशतको वृद्धि भएर नेप्से २५८२.२३ विन्दुमा बन्द भएको हो। पछिल्ला तीन कारोबार दिनहरूमा नेप्से निरन्तर घटिरहेको थियो। गत बिहीबार १०.६६, आइतबार १९.९२ र सोमबार १३.८८ अंकले घटेको थियो।

कुल १२९ कम्पनीहरूको सेयर मूल्य बढ्यो, १२० कम्पनीहरूको घट्यो र १० कम्पनीहरूको मूल्य स्थिर रह्यो। कुल ९२,४४७ पटकको सेयर किनबेचबाट ३ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ।

विकास बैंक, लगानी, जीवन बिमा, सामूहिक लगानी कोष, निर्जीवन बिमा र व्यापार उपसमूहहरू घटे भने बैंकिङ, फाइनान्स, होटल र पर्यटन, उत्पादन तथा प्रशोधन जस्ता उपसमूहहरू बढेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय