सोमबार, बैशाख ०७, २०८३
रोडाढुंगा उद्योगमा पहिरो खस्दा एक जनाको मृत्यु, एक जना घाइते

काभ्रे । जिल्लाको पनौती नगरपालिका-१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

रोडाढुंगा उद्योगमा एस्काभेटरले खन्ने क्रममा पहिरो जाँदा काभ्रेको खानीखोला २ घर भई पनौती नगरपालिका-९ बस्ने डोजर अपरेटर ३४ वर्षीय रामबहादुर तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

पहिरोमा परेर घाइते भएका पनौती नगरपालिका-१२ का ३५ वर्षीय ईश्वर गुरुङलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान समेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय