काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २८औँ साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा समग्र सहकारी अभियानको तर्फबाट सागरनाथ कपाली उपाध्यक्ष पदका सशक्त उम्मेदवारका रूपमा अगाडि आएका छन् । दुई दशकभन्दा लामो समयदेखि सहकारी अभियानमा निरन्तर सक्रिय रहँदै आएका कपालीलाई अनुभवी, इमानदार र दूरदर्शी सहकारी अभियन्ताका रूपमा चिनिन्छ।
नीति, विधि र सहकारीका मूल मूल्य–मान्यतालाई आत्मसात् गर्दै काम गर्दै आएका कपालीले पारदर्शिता, सुशासन र सदस्यको दीर्घकालीन हितलाई सधैँ प्राथमिकतामा राख्दै नेतृत्व प्रदान गर्दै आएका सहकारीकर्मीहरूको भनाइ छ। उनको कार्यशैलीका कारण सहकारी क्षेत्रभित्र मात्रै होइन, समुदायस्तरमै विश्वास र सम्मान कायम भएको सहकारी विज्ञहरू बताउँछन् ।
उपाध्यक्ष पदका लागि किन कपाली ?
अनुभव, इमानदारी, समन्वय क्षमता र दूरदृष्टिका कारण सागरनाथ कपाली उपाध्यक्ष पदका लागि स्वाभाविक रोजाइमा परेको सहकारी क्षेत्रको बुझाइ छ। समग्र काभ्रे जिल्लाको सहकारी अभियानलाई संस्थागत, उत्तरदायी र विश्वासिलो बनाउने क्षमतावान् नेतृत्वका रूपमा उनलाई हेर्ने गरिएको छ।
कतिपय सहकारी विज्ञहरूका अनुसार, “कपालीजस्तो सहकारी मूल्य र समुदायको मर्म बुझ्ने नेतृत्वलाई जिताउनु सबै सदस्यहरूको दीर्घकालीन हितमा हुनेछ।” यही कारण सहकारीकर्मी र सदस्यहरूको बीचमा उनिप्रति समर्थन दिनानुदिन बढ्दै गएको बताइएको छ।
समग्र सहकारी अभियानलाई अझ सशक्त, पारदर्शी र दीगो बनाउने अठोटसहित अघि बढ्नु भएका कपालीलाई अत्यधिक बहुमतसहित विजयी गराउन सहकारी क्षेत्रबाट सकारात्मक माहोल बनेको देखिन्छ।























