काभ्रे । जिल्ला बचत संघ काभ्रेको २८ औ वार्षिक साधारण सभा बाट पुनः अध्यक्षमा उदयराम कायश्थ र सचिबमा राजन अधिकारी निर्विरोध भएका छन् । सघंको उपाध्यक्षमा निर्मला श्रेष्ठ, कोषाध्यक्ष जीवन श्रेष्ठ संचालक समिति सदस्यहरुमा विनोद सापकोटा,जान्दवी अधिकारी, श्रीकृष्ण न्यौपाने, चन्दा श्रेष्ठ, राजन सापकोटा निर्वाचित भएका छन् । त्यसै गरी लेखा समिति संयोजक शिवप्रसाद आचार्य सदस्यमा नवराज केसी र राजकुमार आचार्य निर्वाचित भएका छन् ।
साधारण सभाको अध्यक्षता उदयराम कायस्थले गरेका थिए । सघंले ४ वर्षमा गरेको कामको समिक्षा, सहारीका सवाल र अहिलेको सहकारीको अबस्थाका बारेमा प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सघंको बार्षिक प्रतिबेदन सचिब सुरेन्द्र प्रसाद पौडेलले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष जीवन श्रेष्ठले राखेका थिए भने लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक शिबप्रसाद आचार्यले प्रस्तुत थिए । सघंले आर्थिक वर्ष २०८१/०८२ मा शेयर लगानी ६८ लाख ४० हजार १ सय, ऋण लगानी ४६ करोड ८७ लाख ४१ हजार, वित्तिय लगानी ३१ करोड रहेको जनाएको छ ।
कार्यक्रममा बागमती प्रस्कुनका अध्यक्ष उद्धब सापकोटा, सघंका सल्लाहकारहरु तिर्थमाया प्रधान, रामहरी केसी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीलले राखेका थिए ।



















