मंगलबार, बैशाख ०८, २०८३
जेनजी आन्दोलनकै फरार कैदी आलम मियाँको भारतमा मृत्यु

काभ्रे । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ। मियाँ गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए।

उनले लुकीछिपी भारतको हिमाञ्चल प्रदेशस्थित एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गरिरहेका थिए। पुस १० गते अचानक बेहोस भएर लडेका मियाँको उपचारका क्रममा भारतमै मृत्यु भएको झापा प्रहरीका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।

मृतकको शव सीमावर्ती भारतीय नाका गलगलिय हुँदै आज घर ल्याइएको छ। जबर्जस्ती करणीको आरोपमा अदालतको फैसला अनुसार मियाँ चार वर्षदेखि कैद सजाय भोगिरहेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय