मंगलबार, बैशाख ०८, २०८३
प्रतिनिधिसभा निर्वाचन २०८२ : जिल्लामा ३४ मतदान केन्द्र थप

काभ्रे । आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र थप गरिएको छ। प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा मतदाता संख्या बढेपछि मतदान केन्द्र संख्या बढाइएको हो।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार अघिल्लो निर्वाचनमा जिल्लामा ४६० मतदान केन्द्र रहेका थिए भने आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ४९४ मतदान केन्द्र कायम गरिएको छ। क्षेत्रगत रूपमा क्षेत्र नम्बर १ मा १६८, क्षेत्र नम्बर २ मा १५२ र क्षेत्र नम्बर ३ मा १७४ मतदान केन्द्र तोकिएका छन्।

उनका अनुसार मतदानस्थल भने थप गरिएको छैन। अघिल्लो निर्वाचनमा कायम रहेका १६२ मतदानस्थललाई यथावत् राखी मतदान केन्द्र मात्र थप गरिएको हो।
“मतदान केन्द्र थपिएका छन्, मतदानस्थल भने पहिलेकै छन्,” उहाँले भन्नुभयो।

क्षेत्र नम्बर १ मा ५६, क्षेत्र नम्बर २ मा ४३ र क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थल कायम छन्। यस वर्षको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा कुल चार लाख ४२ हजार ८२ मतदाता रहेका छन्।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता थिए। यसपटक ३३ हजार ७४० मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। क्षेत्रगत रूपमा क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१, क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ र क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ मतदाता कायम गरिएको छ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय