मंगलबार, बैशाख ०८, २०८३
सोसल मिडियाको हल्ला र जनताको वास्तविकता फरक छ : प्रचण्ड

काभ्रे । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल र सहर–बजारमा फैलिएको होहल्लाले इतिहास, त्याग र निष्ठालाई अस्वीकार गर्दै भ्रम सिर्जना गरिएको टिप्पणी गर्नुभएको छ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सामाजिक सञ्जाल हेर्दा विचारविहीन, इतिहासविहीन तथा निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको जस्तो चित्रण गरिने गरेको बताउनुभयो।
“सोसल मिडिया र सहर–बजारको होहल्ला हेर्दा त पार्टीहरू सकिए, दशकौँ त्याग र तपस्या गरेका मानिसहरू बदमास जस्ता देखाउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो।

उहाँले सामाजिक सञ्जालमा सक्रिय केही व्यक्तिहरूलाई नै जनताका मुक्तिदाता जस्तो प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्नुभयो। मोबाइल प्रयोगकर्ताहरूमा यस्ता सन्देशले भ्रम सिर्जना गर्न सक्ने भए पनि वास्तविक जनता त्यस्तो भ्रममा नरहेको उहाँको भनाइ थियो।

प्रचण्डले सामाजिक सञ्जालको हल्लाभन्दा बाहिरको यथार्थ फरक रहेको उल्लेख गर्दै जनताले इतिहास, संघर्ष र योगदानलाई अझै बिर्सिन नसकेको स्पष्ट पार्नुभयो।


सिफारिस

ताजा समाचार

लोकप्रिय