सोमबार, बैशाख ०७, २०८३
आज सुनकाे भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँ थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय