बिहिबार, जेठ ०७, २०८३
टी–२० विश्वकप ट्रफी नेपाल आगमन गौरवको क्षण : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपालमा आगमन हुनु देशका लागि अत्यन्त गौरवको विषय भएको बताएका छन्। यस अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अघि बढिरहेको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुगेको उनको भनाइ छ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विश्वकप ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलप्रेमी राष्ट्रका रूपमा मजबुत रूपमा स्थापित हुँदै गएको उल्लेख गरे। उनले क्रिकेटले राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै, यसको व्यावसायिक विकाससँगै खेलकुद क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माणका आधारहरू थप सुदृढ हुँदै गएको धारणा व्यक्त गरे।

आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास भइरहनु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको उनले बताए। साथै, विश्वकप ट्रफी नेपाल ल्याई नेपाली क्रिकेट तथा जनतामा उत्साह र आत्मविश्वास वृद्धि गराएकोमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति आभार व्यक्त गरे।

सिफारिस

ताजा समाचार

लोकप्रिय