आइतबार, माघ ११, २०८२
अण्डाको मूल्य घट्यो

काठमाडौं । अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले भोलिदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटाएको हो।

नयाँ मूल्य अनुसार ठूलो अण्डाको मूल्य ५६५ बाट घटेर ४७५ रुपैयाँ कायम भएको छ भने मिडियम अण्डाको मूल्य ५५० बाट घटेर ४६० रुपैयाँमा आएको छ। उपभोक्ताले अब प्रतिगोटा २० रुपैयाँमा अण्डा किन्न सक्नेछन्, जबकि पहिले यो मूल्य २५ रुपैयाँ थियो।

सङ्घका अनुसार बढ्दो जाडो, विद्यालय बन्द हुनु, पर्यटकीय गतिविधि कम हुनु र बजारमा उत्पादन मागभन्दा बढी हुनु जस्ता कारणले मूल्य घटाउनुपर्ने अवस्था सिर्जना भएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय