काठमाडौँ । नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी साईन्स (NCMT) द्वारा आयोजित एम.बी.ए. कार्यक्रमअन्तर्गतको “ग्रिड एण्ड मिट” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा कलेजका प्राचार्य डा. अरूण कुमार ठाकुर, सह–प्राचार्य विकास विडारी, प्राध्यापकहरू मोहन अधिकारी, प्रा. डा. सञ्जिव प्रधान, प्रा. अम्रिस दास, कर्मचारी, वर्तमान विद्यार्थी तथा पूर्वविद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य एम.बी.ए.का विभिन्न सेमेस्टरका विद्यार्थी र ग्रिड (पूर्वविद्यार्थी) बीच आपसी सम्बन्ध सुदृढ गर्नु, अनुभव आदान–प्रदान गर्नु तथा शैक्षिक एवं व्यावसायिक अवसरबारे छलफल गर्नु रहेको थियो। सो अवसरमा सहभागी पूर्वविद्यार्थीहरूले आफ्ना अनुभव, सफलताका कथा तथा करियर विकाससम्बन्धी सुझावहरू प्रस्तुत गरेका थिए। विशेषगरी मोहन गजुरेलले आफ्नो व्यावसायिक यात्रा र अनुभव वर्तमान विद्यार्थी तथा कलेज प्रशासनसँग साझा गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरणा दिनुका साथै कलेज र पूर्वविद्यार्थीबीच दीर्घकालीन सहकार्यको आधार तयार गरेको कलेज प्रशासनले जनाएको छ। अन्त्यमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता सह–प्राचार्य विकास विडारीले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्राध्यापक मोहन अधिकारीले गरेका थिए।



















