बिहिबार, बैशाख १७, २०८३
कर्तव्यपालनकै क्रममा काभ्रेमा प्रहरी हवल्दारको लडेर मृत्यु

काभ्रे । कर्तव्य पालनका क्रममा खटिएका एक प्रहरी हवल्दारको काभ्रेपलाञ्चोकमा लडेर मृत्यु भएको छ। जिल्लाको खानीखोला गाउँपालिका–२, खानीडाँडामा प्रहरी चौकी फलामेटारमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार रामकृष्ण खड्का मृत अवस्थामा फेला परेका हुन्।

सूचना संकलन तथा निर्वाचनसम्बन्धी प्रहरी भर्ना सूचना प्रवाहको जिम्मेवारीमा खटिएका खड्का सोमबार दिउँसो करिब ३ः३० बजे गोरेटो बाटोबाट करिब २५ मिटर तल खसेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

स्थानीयवासीले घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै प्रहरी चौकी फलामेटारबाट प्रहरी जवान मुरारी झा तथा प्रहरी चौकी तालढुंगाबाट वरिष्ठ नायब निरीक्षक इन्द्रबहादुर राउतको कमान्डमा खटिएको टोलीले घटनास्थलको मुचुल्का गरेको थियो।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देवीटारबाट प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा ५ जनाको टोली र जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट सो-सहितको टोली परिचालन गरिएको छ।
दोलखाको शैलुङ गाउँपालिका–५ घर भएका हवल्दार खड्काको मृत्युको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका पसूचना अधिकारी डिएसपी रविन बिष्टले जानकारी दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय