बिहिबार, बैशाख १७, २०८३
जिल्ला प्रशासन कार्यालय काभ्रेको अलपत्र भवनमा जलेको शव फेला

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अलपत्र भवनमा पहिचान नखुलेको एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ४५ वर्षीय पुरुषको जलेको अवस्थामा शव फेला परेको हो।

धुलिखेल नगरपालिका–७ सञ्जिवनीचोक नजिकै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको भवनसँगै जिल्ला प्रशासन कार्यालयको प्रशासनिक भवन निर्माणको क्रममा मुद्दा परेपछि अलपत्र अवस्थामा थियो। सो भवनको दोस्रो तल्लामा जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

उक्त भवन जिल्ला प्रहरी कार्यालयबाट करिब १०० मिटर, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेबाट करिब ७५ मिटर, जिल्ला प्रशासन कार्यालयबाट करिब ५० मिटर तथा जिल्ला समन्वय समितिको भवन र कृषि विकास कार्यालयको बिचमा रहेको छ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय