सिन्धुली । सिन्धुलीको घ्याङलेक गाउँपालिकास्थित नेपाल एसबीआई बैंकमा लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडा सुरक्षा जाँच सुरु गरेको छ।
मङ्गलबार राति घ्याङलेक–२ बस्तीपुर, हायुटार शाखामा पाँच–छ जनाको समूहले बैंक लुटपाट गर्दै तीन करोड १० लाख ९५ हजार २८३ रुपियाँ लुटेको थियो।
घटनापछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोट क्षेत्रमा चेकजाँच तीव्र बनाएको क्रममा अमेरिकी डलर ५७ हजार (नेपाली करिब ८० लाख रुपियाँ) सहित युवराज नेवारलाई पक्राउ गरेको हो।
सिन्धुलीबाट झापातर्फ जाँदै गरेको टाटा सुमो गाडी चेकजाँचका क्रममा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।















