काभ्रे । काभ्रेपलाञ्चोकबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मण्डनदेउपुर नगरपालिका–७ नौबिसेबाट ३२ वर्षीय सुजन तामाङ पक्राउ परेका हुन् । पाँचखाल नगरपालिका–१ घर भई हाल कुन्तावेशी बस्दै आएका तामाङलाई बिहीबार साँझ पक्राउ गरिएको हो ।
प्रहरी चौकी हिगुवापाटीबाट खटिएको टोलीले बागमती प्रदेश ०३–००७ प ९२९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तामाङको साथबाट एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । बरामद हतियार र पक्राउ परेका व्यक्तिका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।























