आइतबार, फाल्गुण ०३, २०८२
काभ्रेमा नेकपाले टुंग्यायो उम्मेदवारः क्षेत्र नं. २ मा बसुन्धरा र १ मा दिनानाथ गौतम

काभ्रे । नेपाली कम्युनिष्ट पार्टीले काभ्रेका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

स्रोतका अनुसार काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा दिनानाथ गौतमले टिकट पाएका छन् । उनी चौंरीदेउराली गाउँपालिकाका पुर्व अध्यक्ष हुन् ।

यस्तै काभ्रे क्षेत्र नं. २ मा पुर्वमन्त्री समेत रहेका नेकपा नेता बसुन्धरा हुमागाँई उम्मेदवार बन्ने निश्चित भएको छ । उनी बागमति प्रदेशका पुर्व कृषि मन्त्री हुन् । मनोनयन दर्ताको समय नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार टुंगो लगाउन थालेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय