काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चुनाव लड्ने तयारीमा रहेकाले उम्मेदवारी दर्ताअघि मन्त्री पद छोडेका हुन्।
मन्त्री गुप्ताले प्रधानमन्त्रीलाई राजीनामाको जानकारी गराइसकेको बताएका छन्। अनलाइनखबरसँग कुरा गर्दै उनले भने, “मैले प्रधानमन्त्रीलाई राजीनामा दिने जानकारी गराइसकेको छु, अब प्रक्रिया मिलाउन मात्र बाँकी छ।”
उनका अनुसार अब आफू पूर्ण रूपमा चुनावी अभियानमा होमिने तयारीमा छन्। गुप्ता जेनजीहरूको प्रतिनिधिका रूपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए।



















