बिहिबार, बैशाख १७, २०८३
काभ्रे–२ मा रास्वपाका बदनकुमार भण्डारीले गराए उम्मेदवारी दर्ता

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बदनकुमार भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।

उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। भण्डारीको प्रस्तावकमा प्रबीन ढकाल र समर्थकमा लव बिष्ट रहेका छन्।

उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले पनि मंगलबार नै उम्मेदवारी दर्ता गराइसकेका छन्। ब्याञ्जुको प्रस्तावकमा राजकुमार सापकोटा र समर्थकमा हरिशरण दाहाल रहेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय