आइतबार, फाल्गुण ०३, २०८२
रौतहटमा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान गौर–पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ जाँदै गरेको प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० एएफ २३७० भारतीय नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो।

दुर्घटनामा प्र २–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका–२ पिपरा बजारका ३० वर्षीय अशोक महतो र बिआर ३० एएफ २३७० नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका–२ हजमिनियाका २९ वर्षीय अरबिन्द महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय