सोमबार, बैशाख ०७, २०८३
प्रतितोला सुन २ हजार ४०० ले बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुनको मूल्य दुई हजार ४०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला दुई सय ९० रुपैयाँले महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० रुपैयाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला छ हजार ४८० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने छापावाल सुन प्रतितोला तीन लाख एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य छ हजार १९० रुपैयाँ रहेको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, सेतो धातु (चाँदी) को मूल्य प्रतिऔँस १०३ अमेरिकी डलर पुगेको छ ।

अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन् ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय