शनिबार, माघ २४, २०८२
नाइटिंगेल फूटसलको सुरुवात

काभ्रे । बनेपा-१० जनागालमा रहेको नाइटिंगेल एकेडेमीले नाइटिंगेल फूटसल स्थापना गरेको छ । फूटसलको आज एक समारोहबीच उद्घाटन गरिएको छ ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने र बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले संयुक्तरुपमा उद्घाटन गरे । विद्यार्थीलाई गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय सहभागी गराउने उद्देश्यले फूटसल स्थापना गरिएको एकेडेमीका प्रबन्ध निर्देशक रत्नकुश रञ्जितकारले बताए । ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले नाइटिंगेल फूटसलले प्रतिभावान खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बनेपा प्याब्सन अध्यक्ष महेन्द्र बिष्ट, एकेडेमीका प्रिन्सिपल उमा थापा लगायतले मन्तव्य राखेका थिए ।

फूटसल उद्घाटनकै अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक र बनेपा प्याब्सनबीच मैत्रीपूर्ण फूटसल खेलसमेत आयोजना गरिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय