सोमबार, बैशाख ०७, २०८३
वीरगन्जबाट छ महिनामा १२ अर्बको खाद्यान्न आयात

पर्सा । वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु ११ अर्ब ५७ करोड मूल्यका १६ प्रकारका खाद्य पदार्थ आयात भएका छन्। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु २१ करोडले कम हो।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको हो। गत आवको पहिलो छ महिनामा रु ११ अर्ब ७८ करोड मूल्यका १६ प्रकारका खाद्य पदार्थ आयात भएका थिए।

चालु आवको पहिलो छ महिनामा रु पाँच अर्ब ६८ करोड मूल्य बराबरका १५ करोड ४३ लाख किलोग्राम धान आयात गरिएको छ। गत आवको सोही अवधिमा भने रु छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो।

यसै अवधिमा रु तीन अर्ब ४१ करोड मूल्यको मकै आयात भएको छ। त्यस्तै रु एक अर्ब ६१ करोड मूल्यको चामल र रु ३३ करोड मूल्यको माल्ट आयात भएको भन्सार कार्यालयले जनाएको छ। साथै रु २३ करोड ७३ लाख मूल्य बराबरका फापर, कोदो तथा अन्य खाद्यान्न पनि आयात भएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय