काठमाडौँ । महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
दुई पूर्वमन्त्री, बागी उम्मेदवार र विभिन्न दलका युवा नेतासहित धेरै उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। महन्थ ठाकुरले आफ्नी छोरी मिनाक्षीलाई उम्मेदवार बनाएका छन् भने पूर्वकृषिमन्त्री हरिनारायण यादव स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिरहेका छन्।
यस क्षेत्रबाट कांग्रेस, एमाले, रास्वपा, उज्यालो नेपाल पार्टीलगायत दलका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्।



















