काठमाडौँ । नेपालमा आज सुनचाँदीको मूल्यमा फेरि वृद्धि देखिएको छ ।
अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवै महँगिएका हुन् । महासङ्घका अनुसार मङ्गलबार सुन दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर तीन लाख चार हजार ७०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि पाँच हजार ६०० रुपैयाँ कायम भएको छ ।























