सोमबार, माघ २६, २०८२
बालेनको घर चोरी प्रकरण: वर्ल्डलिंक राउटर र सीसीटीभीसहित तीन जना पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को घरमा चोरी गरेको आरोपमा तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार चोरीमा संलग्न मुख्य व्यक्ति जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए । उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको बालेन्द्र शाहको डेरामा चोरी गरेका थिए ।

चोरी भएको सूचनापछि अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरी बालेनको घरबाट चोरिएका वर्ल्डलिंकको एक थान राउटर र दुई थान सीसीटीभी क्यामेरा बरामद गरेको जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय