मंगलबार, माघ २७, २०८२
अवैध कपडा गोदामको कारबाहीमा व्यापारी समूह उग्र, सरकारी गाडीमा तोडफोड

काठमाडौँ । वीरगञ्जमा भन्सार छलि गरी राखिएको कपडाको गोदाममा छापा मार्ने क्रममा व्यापारी तथा तस्करको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्। आज बिहान भएको आक्रमणमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको जनाइएको छ।

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन गुप्ता (रुन्चे)को घरमा अवैध रूपमा कपडाको गोदाम सञ्चालन भइरहेको विशेष सूचनाका आधारमा भन्सार प्रतिनिधिसहित सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो।

छापाका क्रममा करिब पाँच लाख रुपैयाँ बराबरका पाँच बोरा कपडा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले जानकारी दिनुभयो। कपडा गाडीमा लोड गरेपछि व्यापारी समूहले ढुंगामुढा र लाठी प्रहार गरेको उहाँले बताउनुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय