काभ्रे । आगामि फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिदै जाँदा राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवार बनेकाहरु मतदातासंग भेटघाट र छलफलमा जुटेका छन् ।
यही क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाई निर्वाचन परिचालन कमिटीसहितको टोलीका साथमा आफ्ना निर्वाचन क्षेत्रका मतदातासंग भेटघाट र छलफललाई तिब्रता दिदै आएका छन् । यही क्रममा उनिसहितको टोलीले आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. १ देवीटारबाट दोलालघाटसम्मका मतदाताहरुसंग भेटघाट र छलफल अभियान जारीरहेको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
यसबीचमा अनैकोट र कोट्याङका मतदाताहरुसंग भेटघाट र छलफलको कार्यक्रम रहेको निर्वाचन परिचालन कमिटी काभ्रे क्षेत्र नं. २ का संयोजक टोक बहादुर वाईबाले बताए । उम्मेदवार हुमागाईले मंगलवार पनौती नगरपालिका वडा नं. १, २ र ३ का मतदाताहरुसंग भेटघाट र छलफल गरेका थिए ।























