काभ्रे । काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना स्कुटर चालकको मृत्यु भएको छ । घटनापछी बनेपाको अवस्था तनावग्रस्त बनेको छ ।
आज बिहान बागमती प्रदेश -०१- ००४ क ३४२३ नंवरको टिपरले बनेपा टेलिकम चोकमा ठक्कर दिँदा बागमति प्रदेश -०२-०६३ प ९१८९ नंवरको स्कुटरलाई ठक्कर दिँदा धुलिखेल-५ का ३० वर्षीय ओमन प्रधानको मृत्यु भएको हो । मृतकको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।
घटनापछी आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् भने प्रहरीमाथी ढुंगा मुढा गरेका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ ।























