सोमबार, बैशाख ०७, २०८३
राष्ट्रिय प्रजातन्त्र दिवस २०८२: नेपाली सेनाद्वारा राष्ट्रपति पौडेललाई सम्मान सलामी

काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी हुनुभएको थियो ।

कार्यक्रममा नेपाली सेनाले राष्ट्रप्रमुखलाई औपचारिक सलामी अर्पण गरेको थियो । साथै, देशको सांस्कृतिक विविधता झल्काउने झाँकी, आकर्षक मार्चपास, नृत्य तथा साङ्गीतिक धुन प्रस्तुत गरियो ।

समारोहमा मन्त्रीगण, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय