आइतबार, फाल्गुण २४, २०८२
नेकपाका उम्मेदवार बसुन्धरालाई मण्डनमा भब्य स्वागत

काभ्रे । नेपाली कम्युनिष्ट पार्टीको काभ्रेपलाञ्चोक क्षत्रे नं. २ का उम्मेदवार बसुन्धरा हुँमागाईलाई मण्डनदेउपुरकोक वडा नं. ४ का मतदाताले भब्य स्वागत गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोकको निर्वाचन क्षत्रे नं. २ बाट उम्मेदवार बन्नुभएका उहाँलाई आज मतदाता भेटघाट तथा घरदैलो अभियानका क्रममा वडा नंं ४ को छेडामा पुगेका वेला यहाँका स्थानीयबासिन्दा तथा मतदाताहरुले बाजागाज, फूलमाला र टिका लगाएर भब्य स्वागत गरेका हुन् ।

उम्मेदवार हुँमागाई निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहनुभएका पार्टी केन्द्रिय सदस्य टोक बहादुर वाईबा नेतृत्वको टोलीसहित मण्डनदेपुर पुगेका हुन् । सो क्रमममा मण्डनदेउपुर नगरपालिका वडा नं. ४ को पार्टी निर्वाचनर प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरे । कार्यालय व्यवस्थापनसंगै उत्साहका साथ सडकमा नेपाली कम्युानिष्ट पार्टीको चुनाव चिन्ह ताराको ठूलो आकृति बनाएर बसुन्धरा हुँमागाईलाई मतदान गरी विजयी गराउन आग्रह गरेका थिए ।

निर्वाचन हुने पदिन फागुन २१ गते नजिकीदै जाँदा हुँमागाईको पक्षमा आममतदाताहरुको आकर्षण र उत्साह झन् बढ्दै गएको स्थानीयबासिन्दाहरु बताउँछन् । भाषण र तडकभडक भन्दा पनि सालिन र जनताको सेवामा परिणाम खोज्न तल्लिन नेता हुँमागाई आम काभ्रेली नागरिक माझ लोकप्रिय र जनपक्षित काम गर्ने नेताको रुपमा परिचित छन् ।

यसअघि बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री हुने वेलामा आमकृषकको हितमा काम गरेको र दीर्घकालिन रुपमा रणनीतिक महत्वको कार्ययोजनासहितको नीति बनाउन सफल हुँमागाई अहिलेको निर्वाचनमा आममतदाताको प्यारो उम्मेदावरको रुपमा परिचित हुनुहुन्छ ।

यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको सो क्षेत्रको विकासका लागि उम्मेदवार हुँमागाईले कृषि क्षेत्रको रूपान्तरण र आत्मनिर्भरतातर्फ अगाडी बढाउने योजना अनुरुप पाँचखाल, मण्डनदेउपुर, बनेपा, धुलिखेल, पनौती, बेथानचोक लगायत निर्वाचन क्षेत्र नं २ का कृषि उपजका पकेट क्षेत्रलाई कृषि हवको रूपमा विकास गर्न प्रयास गर्ने आफ्नो प्रतिबद्धतामा उल्लेख गरेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय