आइतबार, फाल्गुण २४, २०८२
स्वास्थ्य मन्त्रालयको आग्रह : फागुन २१ को निर्वाचनमा स्वास्थ्यकर्मी नखटाउन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा स्वास्थ्यकर्मीलाई निर्वाचन ड्युटीमा नखटाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निर्वाचन अवधिमा हुनसक्ने सम्भावित दुर्घटना तथा आकस्मिक घटनालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मीलाई २४सै घण्टा तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता हुन्छ।

“निर्वाचनका बेला उत्पन्न हुनसक्ने आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी चौबिसै घण्टा तयारीमा रहनुपर्छ। त्यसैले आयोगसमक्ष उनीहरूलाई निर्वाचनमा नखटाउन आग्रह गरेका छौँ,” उनले बताएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय