काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान तथा प्रचारप्रसारमा सक्रिय देखिएको छ। सोही अभियानअन्तर्गत पार्टीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भेटघाट, र्यालीलगायत कार्यक्रम आयोजना गरेको हो।
उक्त र्यालीमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित अन्य नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। र्याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्र हुँदै सञ्चालन गरिएको थियो।
बिहान ६ बजे पाशुपत क्षेत्रबाट सुरु भएको कार्यक्रम साँझ ६ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुने पार्टीले जनाएको छ।























