मंगलबार, भाद्र ०२, २०८३
८२ लाखभन्दा बढी मतगणना हुँदा रास्वपा पहिलो स्थानमा

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म ८२ लाख ३१ हजार ५७५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार रास्वपाले ३९ लाख ७० हजार ६६३ मत प्राप्त गर्दै अन्य दलभन्दा धेरै मत ल्याएको छ। नेपाली कांग्रेसले १३ लाख २८ हजार ५०४ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ३५ हजार ८६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ८२ हजार ५८३ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७३ हजार ७२० र श्रम संस्कृति पार्टीले दुई लाख ८८ हजार ४२४ मत पाएका छन्। मतगणना अझै जारी छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय