शुक्रबार, बैशाख ०४, २०८३
लमजुङमा जिपले च्याप्दा युवकको मृत्यु

काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिका–४ लामीडाँडामा बोलेरो जिपले च्याप्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका–४ ठूलाखेतका २९ वर्षीय कुमार गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार ग१ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज दिउँसो गुरुङ गम्भीर घाइते भएका थिए।

घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी बेँसीसहर नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल बेँसीसहर पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय