काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ ।
मंगलबार प्रतितोला ३ लाख १७ रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकेको छ ।
सुन आज पनि हिजो जस्तै प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



















