काठमाडौँ । नारायणगढ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ट्रक आपसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरी गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि उनलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।



















