सोमबार, बैशाख ०७, २०८३
समानुपातिकतर्फ रास्वपाको ५७ सदस्यीय नामावली तयार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ ५७ जनाको नाम सिफारिस गरेको छ।

पार्टीले आजै उक्त नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको जनाएको छ।

बैठकपछि पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई जानकारी दिँदै विभिन्न समावेशी क्लस्टरका आधारमा नाम सिफारिस गरिएको बताउनुभयो।

उहाँका अनुसार १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी र चार जना थारु समुदायबाट सिफारिस गरिएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय