सोमबार, बैशाख ०७, २०८३
प्रतिनिधिसभा समानुपातिकमा राप्रपाको चार सदस्यीय सिफारिस सूची

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चार जनालाई सांसदका लागि सिफारिस गरेको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामालाई सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार महोत्तरीका भरत गिरी (खस आर्य पुरुष), रुपन्देहीका ताहिर अली (मुस्लिम पुरुष), झापाकी खुस्बु ओली (खस आर्य महिला) तथा धादिङकी सरस्वती लामा (जनजाति महिला)लाई सिफारिस गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय