सोमबार, बैशाख ०७, २०८३
ग्रामीण म्याग्दीमा स्वास्थ्य सेवा पहुँच बढाउन नयाँ एकाइ स्थापना

काठमाडौँ । मङ्गला गाउँपालिका–२ स्थित कुकुरबिसौनामा नयाँ सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उक्त एकाइको उद्घाटन गर्नुभएको हो ।
उहाँले कार्यक्रममा बोल्दै सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पहुँचमा ल्याउने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो ।

वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले जानकारी दिएअनुसार करिब १३० परिवार यस सेवाबाट लाभान्वित हुनेछन् ।

यसअघि स्थानीयले स्वास्थ्य सेवा लिनका लागि रणवाङ, अर्मन, कुहुँ, सिङ्गा र पुलाचौरसम्म जानुपर्ने अवस्था थियो ।

अब भने गाउँमै सेवा उपलब्ध हुने भएको छ ।

यसअघि गाउँपालिकाले बुकेनी, हिदी र धारामा पनि यस्ता स्वास्थ्य एकाइ सञ्चालन गरिसकेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय