काठमाडाैं । मध्यपहाडी राजमार्ग अन्तर्गत बागलुङमा बुधबार बिहान जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
गल्कोटबाट सदरमुकामतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको पिकअप जिप बागलुङ नगरपालिका–३ बडहरेमा अनियन्त्रित भई सडक किनारको नालीमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्। उनीहरूलाई धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिएका छन्। घाइते सबै गल्कोट नगरपालिकाका स्थानीय हुन् र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।



















