सोमबार, बैशाख ०७, २०८३
रवि लामिछानेको प्रशिक्षण: जनताको मतको सम्मान गर्न सांसदलाई आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। ललितपुरको इमाडोलस्थित एक होटलमा हिजोदेखि सुरु भएको उक्त कार्यक्रममा विभिन्न विषयका विज्ञहरूले प्रशिक्षण दिएका थिए।

कार्यक्रमको अन्तिम दिन पार्टीका अध्यक्ष रवि लामिछाने ले सांसदहरूलाई दलको सिद्धान्त, मूल्य र आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रशिक्षण मन्तव्य दिनुभयो। उहाँले निर्वाचनमार्फत जनताले दिएको अभिमतलाई उच्च सम्मान गर्दै देश र नागरिकप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिनुभयो।

उहाँले सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउनुपर्नेमा जोड दिँदै जनमतलाई हल्का रूपमा लिने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो।

रास्वपाले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको थियो। पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै करिब दुई तिहाइ बहुमत नजिक पुगेको दाबी गरेको छ।

यसैबीच, रास्वपा निकट स्रोतका अनुसार पार्टीले छिट्टै नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको छ। सो क्रममा वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्री बनाउने सम्भावनाबारे चर्चा भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय