शनिबार, आषाढ २०, २०८३
समानुपातिकतर्फका ११० सांसदलाई आज प्रमाणपत्र, निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइँदै

काठमाडौं । निर्वाचन आयोगले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गर्ने भएको छ।

आयोगले यसअघि सार्वजनिक गरेको सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेकपाका ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाका चार–चार जना सांसद निर्वाचित भएका छन्।

सांसदलाई प्रमाणपत्र वितरणपछि आयोगले आजै निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ।

प्रतिवेदन बुझाएसँगै संविधानको धारा ७६(१) अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय