काठमाडौँ । स्थानीय बजारमा आज पनि सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला सात हजार ८०० रुपैयाँले घटेर दुई लाख ९४ हजार ५०० पुगेको छ भने चाँदीको मूल्य पनि ११५ रुपैयाँले घटेर चार हजार ८९५ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्य तीन लाख दुई हजार ३०० र चाँदी पाँच हजार १० रुपैयाँ रहेको थियो।
बुधबार भने सुन तीन लाख सात हजार ७०० र चाँदी पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा भने सुन प्रतिऔँस चार हजार ७०० अमेरिकी डलर र चाँदी ७५ डलरमा कारोबार भइरहेको बताइएको छ।




















