रुकुम पूर्व । रुकुम पूर्वमा लगातार भएको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
गएरातिदेखि परेको हिमपातले रुकुम पूर्वको भुमे गाउँपालिका–१ मा पर्ने लुकुम–पातिहाल्ना खण्डलाई अवरुद्ध बनाएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार, लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन्। लुकुम–पातिहाल्ना क्षेत्रमा ७ वटा बस, १ जिप र ५ वटा मोटरसाइकल रोकिएका छन् भने २५० भन्दा बढी यात्रुहरू सुरक्षित मार्ग पर्खिरहेका छन्।



















