सोमबार, बैशाख ०७, २०८३
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान सुरु

पोखरा । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जाउँ है पोखरा’ अभियान सुरु गरिएको छ। होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वयमा सञ्चालन भएको यो कार्यक्रम आजदेखि चैत १३ गतेसम्म जारी रहनेछ।

सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत वीरगञ्ज, हेटौँडा, विराटनगर, इलामलगायत सहरमा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरिनेछ।

अभियानका क्रममा पोखराका पर्यटन तथा होटेल व्यवसायी र सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले पूर्वी नेपालका पर्यटन व्यवसायीसँग साझेदारी, छलफल र अन्तरक्रिया गर्नेछ। साथै, विभिन्न प्रचार सामग्री वितरण गरेर पोखराको पर्यटन प्रवर्द्धन गरिने उनले जानकारी दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय